You are viewing the translated version of अध्यक्षको नियुक्ति प्रकृया.

Section 13
अध्यक्षको नियुक्ति प्रकृया
(१) अध्यक्षको नियुक्ति गर्ने प्रयोजनको लागि संरक्षक समितिले देहाय बमोजिमको सिफारिस समिति गठन गर्नेछः-
(क) संरक्षकहरूमध्येबाट एक जना संयोजक
(ख) बिज्ञान तथा प्रविधि: विषयका वरिष्ठ प्राध्यापकहरूमध्येबाट
एक जना “सदस्य (ग) विश्वस्तरीय विश्वविद्यालयका अध्यक्ष वा उपाध्यक्षको कार्य अनुभव भएका ब्यक्तिहरूमध्येबाट एक जना “सदस्य
(२) उपदफा (१) बमोजिमको सिफारिस समितिले अध्यक्ष पदका लागि सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रकाशित सूचना बमोजिम दरखास्त पेश गरेका उम्मेदवारहरूमध्ये सिफारिस समितिले बढीमा छ र कम्तीमा तीनजना योग्य उम्मेदवारहरूको अल्पसूची तयार गरी त्यस्ता उम्मेदवारहरूलाई अन्तर्वार्ता र प्रस्तुतिको लागि आमन्त्रण गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतिको आधारमा सिफारिस समितिले सबैभन्दा योग्य उम्मेदवारको नाम अध्यक्षको पदमा नियुक्तिको लागि संरक्षक समिति समक्ष सिफारिस गर्नेछ ।
(५) उपदफा (४) बमोजिम सिफारिस भएको उम्मेदवार उपयुक्त नलागेमा कारण खुलाई उपदफा (३) बमोजिमका बाँकी उम्मेदवारहरूमध्येबाट अर्को उम्मेदवारको नाम सिफारिस गर्न संरक्षक समितिले सिफारिस समितिलाई अनुरोध गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम अनुरोध भई आएमा सिफारिस समितिले बाँकी उम्मेदवारहरूमध्येबाट सबैभन्दा योग्य अर्को उम्मेदवारको नाम सिफारिस गर्नु पर्नेछ ।
(७) अध्यक्षको नियुक्ति प्रकृया सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।